Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउपालिकामा बेवारिसे भरुवा बन्दुक फेला, अनुसन्धान गर्दै प्रहरी

अछाम । अछामको चौरपाटी गाउँपालिकामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ ।

चौरपाटी गाउँपालिकाको ५ भिमड खोलाको ओढारमा लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुकफेला परेको हो ।

प्रहरी चौकी सिउडीबाट प्रहरी नायव निरीक्षक (सई) लाल सिंह बिष्टको खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको थियो ।

उक्त भरुवा बन्दुक कस्को हो भन्ने खुल्न नआएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077