Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति यादवद्वारा आभार प्रकट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने गठबन्धन आबद्ध राजनीतिक दलका नेता, सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति आभार व्यक्त गरेका हुन् ।

यही चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आफूलाई बाराबाट प्रतिनिधिसभा सदस्य विजयी गराउने मतदाता र सहयोगी मित्रमा धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077