Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राहुल गान्धीको संसद् सदस्यता खारेज

एजेन्सी । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द गरिएको छ ।

लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई शुक्रबार लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको हो।

यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए।

अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ । सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077