Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिने अवस्थी पक्राउ

धनगढी । धनगढीका पत्रकार टेकसिंह धामीलाई धम्की दिने ओमप्रकाश अवस्थी पक्राउ परेका छन्।

शुक्रवार आफूलाई नेविसंघको कार्यकर्ता बताउँदै महेन्द्रनगर पोष्टका सम्पादक रहेका धामीलाई धम्की दिने अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अवस्थीले पत्रकार धामीलाई फोन गरेर टाउको फुटाइदिने धम्की दिएका थिए।

पक्राउ परेका अवस्थीले समाचारको विषयलाई लिएर समाचार किन लेखेको भन्दै हातखुट्टा भाँचिदिने धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077