Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीमा माओवादीका दुई मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

शुक्रबार मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादीका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

माओवादी दल नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले राजिनामा बुझाएका हुन् ।

माओवादी गत २५ पुसमा एमाले नेता अधिकारी नेतृत्वमा बनेको सरकारमा माओवादी संलग्न भएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार समस्यामा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077