Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माधव नेपाल भन्छन् - पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले सो टिप्पणी गरेका हुन् ।

उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताए । उनले यी दुई विमानस्थलमा अर्बौँ रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको बताए ।

उक्त पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने भन्दै नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राखे । देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको बताउँदै उनले कुनै पनि कुरामा दूरगामी सोच राख्न नसकिएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077