Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

‘कोशी’ नाममा विवाद आवश्यक छैन, जुलुस गर्नु बेकार : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामांकनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन्।

बिर्तामोडमा एमाले झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कोशी प्रदेशको नामकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारे।

‘प्रदेशको नामांकन ठीक ढंगले भएको छ’, उनले भने, ‘मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको हो त्यसमा कसैले आपत्ति जनाउनुहुँदैन।’

वातावरण, नदी प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको भन्दै उनले भने, ‘कोशी प्रदेश उपयुक्त छ। अब नामका विषयमा आन्दोलन, जुलुस गर्नु बेकार छ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077