Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापा भन्छन् - बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताएका छन् ।

साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकालाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताएका हुन् ।

“बालबालिकालाई बाँच्न, नाच्न र हाँस्न सिकाऔँ, बढी तनाव दिने काम नगरौँ, मेहनत गर्न सिकाऔँ,” उनले भने, “बालबालिकालाई डर दिने गरी शैक्षिक वातावरण बनाउन हुँदैन ।”

महामन्त्री थापाले बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने बताए । एकपटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ छ ।

“साना–साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हो, बालबालिकालाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्छ,” उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077