Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एम्बाप्पेको डेब्यु कप्तानीमा फ्रान्सको सानदार जित, नेदरल्यान्ड्स ४ गोलले पराजित

एजेन्सी । कप्तान किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले युरो छनोटमा सानदार सुरूआत गरेको छ।

यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको थियो ।

गएराति घरेलु मैदान पार्क डेस प्रिन्सेसमा फ्रान्सले एम्बाप्पेको कप्तानीमा नेदरल्यान्ड्समाथि ४-० को जित निकाल्दै छनोटमा सानदार सुरूआत गरेको हो ।

फ्रान्सको जितमा एम्पाप्पेले २ तथा उपकप्तान एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले समान एक(एक गोल गरे । यो जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक जोडेको छ। नेदरल्यान्ड्स अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077