Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उत्तर कोरियाद्वारा पानीमुनि चल्न सक्ने आणविक ड्रोन परीक्षण

एजेन्सी । उत्तर कोरियाले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्ने ड्रोनको पानीमुनि परीक्षण गरेको छ ।

यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको हो।

यस हप्ता मंगलबार दक्षिण हमग्योङ प्रान्तको समुन्द्रमा यो गोप्य हतियार परीक्षण गरिएको थियो।

ड्रोन ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टाभन्दा बढी समयसम्म सञ्चालन गरेको थियो, त्यसपछि पूर्वी तटमा विस्फोटमा ध्वस्त भएको थियो।

किम जोङ उनले यो हतियार अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।

केसीएनएले ‘हेल’ नामको यो हतियारबाट शत्रुका जहाज र बन्दरगाहमा ठुलो मात्रामा रेडियोधर्मी तरङ्ग छोड्न सकिने दाबी गरेको छ ।

यो अन्डरवाटर ड्रोन कुनै पनि तट र बन्दरगाह वा जहाजमा तैनाथ गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077