Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले अध्यक्ष ओली आज अर्घाखाँची जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन् ।

शनिबार कपिलवस्तु पुगेका ओली आज बिहान अर्घाखाँची जान लागेका हुन् । अध्यक्ष ओली बिहान १० बजेसम्म सन्धिखर्क पुग्नेछन् ।

त्यसक्रममा उनले बाटोमा पर्ने सुपा देउराली मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। अध्यक्ष ओलीले आज मध्यान्ह १२ बजे सन्धिखर्कमा आयोजना हुने पार्टीको मिसन ग्रासरुट अभियानसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

सो कार्यक्रमलाई सम्बोधन गरेर ओली आजै सन्धिखर्क नगरपालिकास्थित अर्घा भगवति मन्दिरको दर्शन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077