Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनीमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) मा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

नेकपा (एमाले) का लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।

माओवादीले समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएसँगै गिरी सरकार अल्पमतमा परेको छ।

माओवादी मन्त्रीहरुको राजीनामापछि कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदले हस्ताक्षर गरेका छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077