Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भन्छन् - बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले होइन

अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतबार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ । एमाले नेता, कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’

समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको बताउँदै अध्यक्ष ओलीले एमालेबाहेकका दलहरू राष्ट्रलाई खोक्रो पार्ने अभियानमा रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077