Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ यू–१७ मा रसियासँग हार्‍यो नेपाल

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाल रसियासँग पराजित भएको छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल रसियासँग ३–० गोलले पराजित भएको हो ।

रुसलाई जित दिलाउन एलिना गोलिकले दुई र पोलिना फिल्सिनाले एक गोल गरिन् । आइतबारको तेस्रो खेलमा हारेसँगै नेपालले खेलेका तीन खेलमध्ये दुईमा हार बेहोरेको छ ।

पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ५–० गोलले हराएको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077