Online Nepal
  • शनिबार, १० साउन २०८२
  • राष्ट्रपति पौडेलले भने – राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ

    राष्ट्रपति पौडेलले भने – राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 684
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्।

    सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    राष्ट्रपति पौडेलले जनतासँगको निरन्तर सन्निध्यतासँगै उनीहरूको सुख, दुख बुझेर उनीहरूकै लागि सेवा गर्ने अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्ने बताए।

    राष्ट्रपति पौडेलले भने, ‘जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख, दुख बुझ्ने स्व.नवीन्द्रराज जोशी यही दर्शनबाट प्रभावित थिए।’

    नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जोशीको निधनले अपुरणीय क्षति पुगेकोसमेत उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार