Online Nepal
  • बुधबार, १४ साउन २०८२
  • बारा-२ उपनिर्वाचन : कांग्रेसबाट राधेचन्द्र यादवको नाम सिफारिस

    बारा-२ उपनिर्वाचन : कांग्रेसबाट राधेचन्द्र यादवको नाम सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 882
    SHARES

    फाइल तस्विर

    बारा । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बारा-२ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

    जिल्ला कार्यसमितिले बारा २ को उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारमा राधेचन्द्र यादवको नाम सिफारिस गरेको हो।



    यादव संविधानसभा सदस्य हुन्। पहिलो संविधानसभा निर्वाचनमा यादव बारा २ बाटै प्रत्यक्ष तर्फको संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।

    उम्मेदवार सिफारिसका बारेमा सोमबार जिल्ला सभापति राजेशराय यादवको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले यादवको एकल नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

    कांग्रेस जिल्ला कार्यसमितिले यादवको नाम सिफारिस गरेपनि वैशाख १० को उपनिर्वाचनमा बारा २ मा कांग्रेस शीर्ष नेतृत्वले भने सत्तागठबन्धनबाट जसपालाई सघाउने वचन दिइसकेको छ। उक्त क्षेत्रमा जसपाबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार