Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले सिनो खाने स्यालको बच्चा होइन, बाघको डमरु हो : केपी ओली

अर्घाखाँची । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सिंहको बच्चा भएको बताएका छन्।

अर्घाखाँचीमा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले सिंहको बच्चा एमाले कोहीसँग नडराउने बताए।

अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, 'नेकपा एमाले सिनो खाने स्यालको बच्चा होइन। बाघको डमरु हो। एमाले सिनो खाने स्यालको बच्चा होइन। सिंहको बच्चा हो। शेरको बच्चा हो।'

उनले एमाले एक्लैसँग ९ लाख बढी सदस्यता रहेको र विभिन्न जनवर्गीय संगठनसमेत रहेको बताए। तर ती सबैमा खिया लागेको उनले बताए।

उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077