Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भण्डारीको ओलीले गरे प्रशंसा, भन्छन् - चन्द्रजस्तो भलाद्मी व्यक्ति भेटेको छैन

गल्मी । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका चन्द्र भण्डारी असल र भलाद्मी व्यक्ति भएको बताएका छन् ।

मिसन ग्रासरूट अभियान अन्तर्गत सोमबार गुल्मीको तम्घासमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आफू नेपालका सबैजसो जिल्ला घुम्दापनि कांग्रेसभित्र चन्द्र भण्डारीजस्तो असल र भलाद्मी अर्को कुनै व्यक्ति नभेटेको उनले बताए ।

‘नेपालमा तिनफन्का लगाउँदा पनि मैले कांग्रेसभित्र चन्द्र भण्डारीजस्तो भलाद्मी व्यक्ति भेटेको छैन,' उनले भने,'उहाँ व्यक्ति राम्रो भएपनि उहाँले बोकेर हिँड्ने डोकोमा पार्टीले गलत नीति राखिदिन्छ त्यही बोकेर हिड्नुहुन्छ ।’ ओलीले जलेर घाइते भएका भण्डारीको स्वास्थ्यलाभको कामना समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077