Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राहुल गान्धीलाई सरकारी निवास छाड्न आदेश

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ ।

मानहानिको मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएपछि गत हप्ता लोकसभाको सदस्यताबाट बर्खास्त गान्धीलाई सरकारी निवास खाली गर्न सूचना जारी गरिएको हो ।

उता, लोकसभाको सांसद सूची रहेको वेबसाइटबाट पनि नाम हटाउँदै राहुल गान्धी निर्वाचित क्षेत्र वायनाडलाई रिक्त घोषितसमेत गरिएको छ। गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणाको तयारीसमेत सुरु गरेको छ ।

लोकसभा सचिवालयका उपसचिव मोहित राजनले सोमबार जारी गरेको पत्रमा गान्धीलाई एक महिनाभित्र सरकारी निवास खाली गर्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077