Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गोली लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा भरुवा बन्दुकको गोली (छर्रा) लागेर एक जनाको ज्यान गएको छ ।

छिमेकी आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर खड्क लिम्बूको मृत्यु भएको हो।

स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

गोली चलाउने ३० वर्षीय आकाशलाई भने भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077