Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनविरुद्ध आज पनि भूमिहीन सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सुकुम्वासीहरूले प्रर्दशन गरिरहेका छन्।

हिजो सोमबार प्रदर्शन गरेका उनीहरूले शाहविरुद्ध आज (मंगलबार) पनि माइतीघरमण्डलामा प्रदर्शन जारी राखेका छन् ।

संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध माइतीघर मण्डलासम्म विरोध प्रदर्शन भइरहेको छ।

महानगरले एक हप्ताभित्र ठाउँ खाली गर्न दिएको निर्देशन खारेज हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्तालाई निःशर्त रिहा गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077