Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कित्ताकाट गरिदिने भन्दै १ लाख ७५ हजार घुस लिने लेखापढी र सर्वेक्षक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नापी कार्यालय मनमैजुबाट एक लाख ७५ हजार घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

आयोगको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले कित्ताकाट गर्न सहजिकरण गरिदिने भन्दै घुस लिएका अभिषेक कार्कीलई पक्राउ गरेको हो ।

लेखापढी गर्ने कार्कीलाई मुक्तिना कानुनी सेवा, मनमैजुबाट घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी कित्ताकाटका लागि सहजिकरण गर्ने सर्भेक्षक रमेश उपरकोटीलाई पनि आयोगको टोलीले उनकै कार्यकक्षबाट पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077