Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजस्व छलीको आशंकामा दुईवटा भारतीयसहित २० वटा ट्रक नियन्त्रणमा

    राजस्व छलीको आशंकामा दुईवटा भारतीयसहित २० वटा ट्रक नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 543
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले २० वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ । राजस्व छलीको शंकामा दक्षिणी भन्सार नाकाबाट छुटेका दुईवटा भारतीयसहित २० वटा ट्रकमाथि विभागले अनुसन्धान थालेको हो ।

    ती ट्रकहरुलाई वीरगन्ज, विराटनगर, भैरहवा, रसुवा भन्सारबाट काठमाडौं आउने क्रममा बाटैबाट नियन्त्रणमा लिइएको विभागले जनाएको छ । सामान बोकेका केही ट्रक चोभार सुख्खा बन्दरगाहबाट नियन्त्रणमा लिइएको बताइएको छ । अहिले नियन्त्रणमा लिइएका कन्टेनरहरू पुल्चोकस्थित विभागको हातामा राखिएको छ ।



    विभागले १० दिनदेखि नियन्त्रणमा लिइएका ट्रक जाँच गरेर अनुसन्धान थालेको छ । मुलुकमा राजस्व संकलन न्यून भएर साधारण खर्च धान्नसमेत कठिन भएका बेला भन्सार नाकाहरुबाट हुने आयातमा बढी निगरानी गरिएको छ ।



    करोडौं मूल्यका सामान आयातका क्रममा नियन्त्रणमा रहेका ट्रक छानबिन गरेर छाड्ने वा मुद्दा चलाउने निर्णय हुने विभागको भनाई छ । विभागले विशेष सूचनाका आधारमा राजस्व आयात गरिएका सामानहरुमा तयारी कपडा, जुत्ता, हार्डवेयर, कस्मेटिक, टायल, ब्लाङ्केट, चामललगायतका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार