Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएको भन्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

उनले आजै जनमत पार्टीमा प्रवेश गरी बारा–२ का लागि उम्मेदवारी पनि घोषणा गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष डा।सिंके राउतले लोकतन्त्रको रक्षाका लागि शिवचन्द्र कुशावाहालाई जनमत पार्टीबाट उम्मेदवार बनाएको घोषणा गरे ।

गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए ।

तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।

सिके राउतले जनमत पार्टी जनताको उद्धार गर्ने पार्टी मात्रै नभएर अन्यायमा परेका नेताहरूको पनि उद्धार गर्ने पार्टी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077