Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका चार एआईजीको पदस्थापन, सीआईबीमा बज्राचार्य

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मा श्यामलाल ज्ञवालीले पाएका छन्।

यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा किरण बज्राचार्यले जिम्मा पाएकी छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ।

नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077