Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमा राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न - सरकारले मुठभेडतर्फ जान खोजेको हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार मुठभेडतर्फ जान खोजेको बताएका छन् ।

संसदीय दलका मुख्य सचेतक ज्ञानेन्द्र शाहीलाई राजावादी भन्दै दुर्व्यवहार भएको भन्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन?’

उनले सरकारलाई मुठभेड नित्याउनेतर्फ नलाग्न पनि आग्रह गरेका थिए। मिटरब्याजी पीडितका समस्या समाधानमा सरकारले छिटो खोज्नुपर्ने उनले बताए।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गणतन्त्रमा कुनै नागरिक राजावादी हुन नपाउने हो भन्ने प्रश्न पनि गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077