Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठगी आरोपमा पूर्वराजदूतकी पत्नी रेनुकुमारी पक्राउ

काठमाडौं । ठगी आरोपमा पूर्वराजदूत निराकारमानसिंह बस्न्यातकी पत्नी रेनुकुमारी थापा बस्न्यात पक्राउ परेकी छन् । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

उनले जग्गा बैना गरेर ७० लाख रुपैयाँ लिएको तर पछि जग्गा पास नगरिदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त जग्गा रोक्का रहेको खुलेको छ।

पक्राउ परेकी रेनुकुमारीलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ भने जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

पक्राउ परेकी बस्न्यातका श्रीमान निरजन्जनमानसिंह मलेसियाका पूर्वराजदूत हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077