Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रामनवमीमा महाराष्ट्रको राम मन्दिर बाहिर आगजनी

    रामनवमीमा महाराष्ट्रको राम मन्दिर बाहिर आगजनी

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 495
    SHARES

    एजेन्सी । भारतको महाराष्ट्र औरंगाबाद शहरको नाम परिवर्तन गरेर छत्रपति संभाजीनगर राखिएपछि तनावको अवस्था सिर्जना भएको छ ।

    रामनवमीको अवसरमा यहाँको किराडपुरामा २ समूहबीच झडप भएको हो।



    अनियन्त्रित भीडले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरीको गाडीमा ढुंगामुढासमेत गरेको थियो । आक्रमणमा २ प्रहरीसहित ५ जना घाइते भएका छन् ।



    आज रामनवमीको अवसरमा भारतका विभिन्न शहरका कार्यक्रम आयोजना गरिएको छ । राति करिब पौने १२ बजे युवकको एउटा समूह मन्दिरतर्फ गइरहेको बेला अर्को समूहले आक्रमण गरेको थियो। दुवै समूहबीच गाली हानाहान भएको प्रहरीले जनाएको छ।

    केही समयपछि एक समूहले मन्दिरतर्फ ढुंगा हानेको थियो । ज्यान जोगाउन मन्दिरभित्र पसेका केही मानिसमाथि पनि आक्रमण भएको थियो । मानिसहरूले प्रहरीलाई बोलाए पनि प्रहरी आइपुग्दा आगजनी शुरू भइसकेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार