Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • ५० हजार घुससहित वडाध्यक्ष, अधिकृत र विचौलिया पक्राउ

    ५० हजार घुससहित वडाध्यक्ष, अधिकृत र विचौलिया पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ।

    अख्तियारले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा नं-७ का वडाअध्यक्ष भीम बहादुर यादवसहित विचौलिया बिनोद भरलाई नियन्त्रणमा लिएको हो ।



    घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडाअध्यक्ष यादव र बिचौलिया बिनोदलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

    वडा अध्यक्ष यादवले उत्खनन गरी घाटामा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप गरी सेवाग्राहीसँग ५० घुस मागेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार