Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक, प्रेम वियोग र एक्सनको मिश्रण

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाईं नभन्नू ल–६’को ट्रेलर सार्वजनिक भएको छ ।

तीन मिनेट लामो ट्रेलरमा प्रेम, वियोग र एक्सन समेटिएको छ भने चलचित्रका अधिकांश मुख्य कलाकार फिचर्ड छन् ।

चलचित्रमा आँचल शर्मासँगै आशिर्वाद क्षेत्रीको मुख्य भूमिका रहेको छ । आशिर्वादले यो चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् ।

चलचित्रमा सरोज खनाल, केकी अधिकारी, प्रियंका कार्कीको पनि मुख्य भूमिका रहेको छ ।

विकाशराज आचार्यले निर्देशन गरेको फिल्म वैशाख १ गते प्रदर्शन हुँदैछ ।

https://youtu.be/SOcT73iK8Ng

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077