Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिमको क्रममा अमेरिकी सेनाका दुई हेलिकप्टर दुर्घटनाग्रस्त

एजेन्सी । अमेरिकाको केन्टकी राज्यमा दुई वटा सैन्य हेलिकप्टर दुर्घटनामा परेका छन् ।

अमेरिकी १०१ औँ एयरबोर्न डिभिजन अन्तर्गतका 'एचएच–६० ब्ल्याकहक' हेलिकप्टर दुर्घटनामा परेका हुन् ।

बुधबार राति केन्टकीमा प्रशिक्षणमा रहेका अमेरिकी सेनाका हेलिकप्टर दुर्घटनामा परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

दुई हेलिकप्टरमा रहेका चालक दलका सदस्यको अवस्था अज्ञात रहेको बताइएको छ।

अमेरिकी सेनाकी प्रवक्ता नन्डिस थुर्मनले चालक दलसहित स्थानीय समयअनुसार राति १० बजे उडेका दुई ब्ल्याक हक हेलिकप्टर केन्टकीको ट्रिग काउन्टीमा दुर्घटना भएको पुष्टि गरिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077