Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर समूहले भन्यो - सम्मानजनक सहभागिता नभए सरकारमा जान्नौँ

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले सरकारमा सम्मानजनक सहभागिता नभए मन्त्रीको नाम नदिने बताएको छ ।

शुक्रबार बिहान बसेको डा.शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

शुक्रबार बिहानै समूहका नेता कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारसँग छलफल गरेका थिए ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ ।

सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077