Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • शेखर समूहले भन्यो – सम्मानजनक सहभागिता नभए सरकारमा जान्नौँ

    शेखर समूहले भन्यो – सम्मानजनक सहभागिता नभए सरकारमा जान्नौँ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 540
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले सरकारमा सम्मानजनक सहभागिता नभए मन्त्रीको नाम नदिने बताएको छ ।

    शुक्रबार बिहान बसेको डा.शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।



    शुक्रबार बिहानै समूहका नेता कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारसँग छलफल गरेका थिए ।



    कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ ।

    सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार