Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा राम नवमी मेलामा भएको दुर्घटनामा ३५ जनाको मृत्यु

काठमाडौं । भएका भक्तजनहरू मन्दिरको आँगनमा रहेको पुरानो इनारमा खस्दा ३५ जनाको मृत्यु भएको छ ।

दिल्लीको पटेलनगरस्थित मन्दिरमा रहेको इनारमा बिहीबार भक्तजनहरू खसेको बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा परेकामध्ये ३५ जनाको मृत्यु भएको तथा १४ जनाको उद्दार गरिँदा एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाए अनुसार इनारमाथि बनेको संरचनामाथि ठूलो संख्यामा मानिसहरु उभिएपछि उक्त दुर्घटना भएको थियो । मानिसहरू ४० फिट गहिराइको इरानमा खसेका थिए ।

भीडको भार थाम्न नसक्दा स्ल्याब भत्किँदा उनीहरू इनारमा खसेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077