Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित

बारा । शुक्रबारदेखि सुरु भएको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा बारामा केन्द्राध्यक्षसहित ४ जना निलम्बित भएका छन् ।

जिल्ला अनुसन्धान कार्यालय बाराका अनुसार जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको विषयमा उनीहरुलाई निलम्बन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरिक्षक कुन्दनप्रसाद कुशवाहा, श्याम किशोर गुप्तालाई निलम्बन गरेको हो ।

परीक्षा चलिरहँदा फेसबुकमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थी पवन साहको भने आज अंग्रेजी विषय को परीक्षा रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077