Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाली फुटबल टिमलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने - आवश्यक सहयोग गर्न प्रतिवद्ध छु

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको नेपाली फुटबल टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बधाई दिएका छन् ।

शुक्रबार साँझ त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले हराउँदै नेपालले उपाधि जितेपछि प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

साथै उनले नेपाल सरकारको तर्फबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरे ।

उनले लेखेका छन् 'तेस्रो प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा विजयी नेपाली खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । फुटबलमार्फत् राष्ट्रको पहिचान र गरिमा उच्च बनाउन खेल्नुभएको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दै नेपाल सरकारको तर्फबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गर्दछु ।'

उपाधिसँगै नेपालले ५ हजार डलर प्राप्त गरेको छ। उपविजेता लाओसले ३ हजार डलर प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077