Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शनिबार बिहान मिटरब्याज पीडितलाई भेट्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याज पीडितहरुसँग भेट्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार बिहान ८ बजे बालुवाटरमा प्रधानमन्त्रीसँग भेट्नका लागि मिटर ब्याज पीडितहरुलाई बोलाइएको हो ।

शुक्रबार बिहान गृहमन्त्रालयमा मिटरब्याज पीडित र सरकारी टोलीको वार्तापछि प्रधानमन्त्रीले साँझसम्म भेट्ने जानकारी गराएका थिए। तर मन्त्रिपरिषद् विस्तार र अन्य काममा प्रधानमन्त्री व्यस्त भएका कारण शुक्रबार भेट भएन् ।

राजधानीकेन्द्रित आन्दोलनमा रहेका मिटरब्याजीपीडितको माग सम्बोधनका लागि सरकारले वार्ता समितिसमेत बनाएर वार्ता सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077