Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 591
    SHARES

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ ।

    प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो।



    नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ ।



    यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १।७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२।१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।

    हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ ।

    भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको नेपाल आयल निगमले जनाएको छ ।

    यसका साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै घाटा ५०० रुपैयाँमा आइपुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार