Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले उपनिर्वाचनका लागि टुंग्यायो उम्मेदवार, तनहुँ-१ मा खनाल

काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपनिर्वाचनका ३ वटै क्षेत्रमा उम्मेदवार तय गरेको छ ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो ।

बारा २ मा भने आइतबार मात्र टुंगो लाग्ने भएको छ । बारा २ बाट जिल्ला कमिटीले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल,प्रदेश कमिटी सदस्य राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ ।

तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाममा शनिवार बिहानै जिल्लाबाट आएका नेताहरूले बालकोट पुगेर सहमति जनाएका थिए । नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ । उनको परिवार कांग्रेसमा आबद्ध छन् । तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबा स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् । अब भट्टराई, वाग्ले र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077