Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्तमान गठबन्धनले पाँच वर्षसम्म सरकार चलाउने महामन्त्री थापाको दाबी

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनले नै पाँच वर्षसम्म सरकार चलाउने दाबी गरेका छन् ।

नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले अहिले देश निकै जटिल अवस्थामा रहेकोले यो सरकारलाई एक मिनेट पनि बेकारमा समय बिताउने छुट नरहेका बताए । उनले उद्घाटन र शिलान्यासमा समय खेर नफाल्न आग्रहसमेत गरे ।

‘अबको पाँच वर्ष सरकार र नेपाली जनता दुबैका लागि निकै महत्त्वपूर्ण रहेकोले परिणाममुखी काम गरेर देखाउने चुनौती यो गठबन्धनका लागि थपिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077