Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन, विधानविपरीत चलेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय संवाद टोली गठन गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो संवाद टोली गठन गरेको हो ।

पूर्व उपाध्यक्ष रावल पछिल्लो समय पार्टी गतिविधिबाट असन्तुष्ट रहँदै पार्टीको विधि र विधान विपरीत गतिविधि गरिरहेको निष्कर्ष निकाल्दै संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय संवाद टोली गठन गरिएको बतायउको छ ।

टोलीमा पार्टी सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहेका छन् । नेता रावलसँग संवादपछि सच्चिएर आएमा उचित जिम्मेवारी दिइने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077