Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

एजेन्सी । जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्‍याइएको छ ।

यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमीलाई कम गर्न देशको पहलको एक भागको रूपमा आएको छ।

जापानले आर्थिक वर्ष २०३१ सम्ममा सेवानिवृत्तिको उमेर ६५ वर्ष पु¥याउन प्रत्येक दुई वर्षमा एक वर्ष थप गर्ने बताएको छ।जापानको राज्यद्वारा दिइने निवृत्तिभरण उमेर ६० बाट ६५ मा वृद्धि गरिएको छ।

यो अवधिमा जापानी नागरिकले आम्दानीविहीन अवधिको सामना गर्नुपर्ने भएपछि यो मुद्दालाई हाल पुनः रोजगार विधि मार्फत् समाधान गरिएको छ।

जापान सरकारले वृद्ध कामदारहरूले सेवानिवृत्तिको उमेर बढाएर युवा सहकर्मीहरूलाई उनीहरूको अनुभवमा मद्दत गर्न सक्ने बताएको छ।

यसैबीच, निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तै कदम चाल्छन् वा यसलाई थप पर्खेर सरकारी निर्णयको कार्यान्वयनको प्रभावलाई हेर्छन् भन्नेतर्फ अहिले सबैको ध्यान केन्द्रित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077