काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख आठ हजार ६०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।