काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आफ्नो आधिकारिक पत्र र सर्कुलरमा कोशी प्रदेश नलेख्ने भएको छ।
२०७९ चैत १ गते जारी परिपत्रमा संयोगवश प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्च्याएको हो ।
आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं. १ हुने बताउँदै पछि फेरिएमा त्यसैलाई प्रयोग गरिने जनाएका छन्।