Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षक नियुक्ति, सरुवा गर्न घुस माग्दा अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुखसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियले लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख (उपसचिव) बासुदेव तिमल्सिना, रामअवतार जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद बराल र श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयका शिक्षक पाँचु रायविरूद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरुले नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षकमा नियुक्त गरेको अख्तियारले जनाएको छ ।

उपसचिव तिमिल्सिना र डिम माविका तत्कालीन प्रअ बरालको मिलेमतोमा उच्चमावि अध्यापनका लागि शिक्षक रायको नक्कली कागजात बनाएर नियुक्त गरिएको अख्तियारले जनाएको छ ।

उजुरीका आधारमा छानविन गर्दा उपसचिव तिमल्सिना,प्राधानाध्यापक बराल शिक्षक रायले नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको पाइएकाले उनीहरूविरूद्ध आइतबार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

तीनैजनाले शिक्षक पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालयको शिक्षक अनुदान कोटामा सरूवा गर्न चलखेल गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077