Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित

    पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 567
    SHARES

    विराटनगर । पूर्वाचल विश्वविद्यालयले एघारौं दीक्षान्त समारोह मनाएको छ।

    विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको समारोहमा ६ हजार ५१३ जना विद्यार्थी दीक्षित भएका छन् ।



    विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा आयोजित समारोहमा कला संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने १३५ जना, कानून संकायतर्फका ३०६ जना, शिक्षा शास्त्र तर्फका ५०२ जना दीक्षित भएका छन् ।



    त्यस्तै, व्यवस्थापन संकाय तर्फका १ हजार ८६२, चिकित्सा शास्त्रतर्फ २ हजार ३२३ र विज्ञान तथा प्रविधि संकायतर्फ १ हजार ३८४ जना विद्यार्थीलाई दीक्षित गरिएको हो ।

    दीक्षित हुने विद्यार्थीमा व्यवस्थापन संकायतर्फ एमफिल गर्ने ६ जना समेत छन् ।

    त्यसअवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न संकायमा उत्तीर्ण विद्यार्थीहरुलाई शैक्षिक उपाधि प्रदान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार