Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुखलाई विद्यार्थीले दले मोसो

    पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुखलाई विद्यार्थीले दले मोसो

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 999
    SHARES

    विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दलिएको छ ।

    नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघका कार्यकर्ताले आफ्ना माग सम्बोधन नगरेको भन्दै सोमबार सेवा आयोगका दाहालमाथि विराटनगरमा दुर्व्यवहार गरेका हुन् ।



    पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौं समस्याका लागि लामो समयदेखि माग गरे पनि सम्बोधन नगरिएपछि कालोमोसो दल्न बाध्य भएको नेपाल विद्यार्थी संघ मोरङले जनाएको छ ।



    विश्वविद्यालयको नीति, नियम विपरित सेवा आयोगले निष्पक्षता नगरी आफ्नो कार्यकर्ता भर्ती गरेर अघि बढ्न खोजेकाले कालोमोसो दलेको नेविसंघको दाबी छ ।

    तर विश्वविद्यालयमा अराजकता भएको दाबी गर्ने नेविसंघ आफैंले अराजकता प्रदर्शन गर्दै मोसो दल्ने जंगली व्यवहार गरेको भन्दै विश्वविद्यालयका प्राध्यापकहरूले आपत्ति जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार