Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • महेन्द्रनगर विकास समितिका तत्कालीन कर्मचारीलाई दलियो कालोमोसो

    महेन्द्रनगर विकास समितिका तत्कालीन कर्मचारीलाई दलियो कालोमोसो

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 2.3K
    SHARES

    कञ्चनपुर । महेन्द्रनगर विकास समितिका तत्कालीन सूचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलिएको छ ।

    मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट संगठनका कार्यकर्ताहरूले शनिवार दिउँसो भट्टलाई सडकमै कालोमोसो दलेका हुन् ।



    ​​महेन्द्रनगर नगर विकासको ६३८ विघा जमिन हिनामिना गरेको आरोप लगाउँदै उनीहरूले भट्टलाई कालोमोसो दलेका हुन् ।



    भट्टले विकास समितिका अध्यक्ष्य पल्टु रानाको कीर्ते हस्ताक्षर गरी १५ जनालाई जमिन वितरण गरेको संगठनको दाबी छ ।

    उनले जमिन उपलब्ध गराइदिने भनि लक्ष्मण चन्दबाट ३० लाख, राजेश्वरी शाहबाट ६० लाख र समर चन्दबाट ४ लाख रुपैयाँ लिएको सो संगठनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार