Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखलाई विप्लवका कार्यकर्ताले दले कालोमोसो

    स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखलाई विप्लवका कार्यकर्ताले दले कालोमोसो

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.9K
    SHARES

    जाजरकोट । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट युवा संगठन नेपालले भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई कार्यकक्षमै कालो मोसो दलेर जुत्ताको माला लगाएको छ ।

    सोमबार बिहान ११ बजे कार्यकक्षमा पुगेका युवा संगठन नेपालको एक टोलीले स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीलाई कालो मोसो दल्नुको साथै जुत्ताको माला लगाएका हो ।



    स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख जैसीलाई कालो मोसो र जुत्ताको माला लगाएको जिम्मा लिँदै युवा संगठन नेपाल जाजरकोटले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ- ‘६ महिना लामो अध्ययन तथा अनुसन्धानपछि कार्यालय प्रमुख टीकाराम जैसीलाई कारबाही गरेका हौं, कार्यालय प्रमुखको जिम्मेवारीबाट तत्काल राजीनामा नदिएमा थप कारबाही गर्न बाध्य हुनेछौं ।’



    युवा संगठनले निमित्त व्यवस्थापक जैसीले ५० लाख भन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएको छ । युवा संगठनको विज्ञप्तिमा भनिएको छ–’२ करोड १२ लाखमा खरिद गरिका २५ वटा बेडबाट १० लाख, एम्बुलेन्स खरिदबाट २ लाख, एक्सरे मेसिन खरिदबाट ३४ लाख, अक्सिजन पलान्ट खरिद, ढुवानी तथा जडानबाट ५ लाख, प्रयोगशालाको छाना छाउने जस्तापाता खरिद तथा जडानमा हदैसम्मको भ्रष्चार, स्टेवलाइजर खरिदमा २ लाख गरी जम्मा ५० लाख भन्दा बढी रकम भ्रष्टाचार गरिएको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार