Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मोर्चाको बैठकपछि विप्लवले भने – सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन

    मोर्चाको बैठकपछि विप्लवले भने – सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 516
    SHARES

    काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सहमति र घेराबन्दीको दोहोरो चरित्र नचल्ने बताएका छन् ।

    बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठकपछि विप्लवले यस्तो बताएका हुन् ।



    बालुवाटारबाट बाहिरिँदै विप्लवले अदालतको पूर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको बताए ।



    विप्लवले भने, ‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् । यो विषयमा साँझ छलफल हुन्छ । आजै साँझ ६ बजे फेरि बैठक बस्छ ।’

    विप्लवका अनुसार आजै साँझ ६ बजे फेरि अर्को बैठक पनि बस्ने छ । सो बैठकले यो विषयमा थप छलफल गर्ने उनले बताए ।

    उनले सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप उनले लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार